काठमाडौं उपत्यकामा मंगलबार मात्रै ९ सय ३४ प्रकोपका बिरामी थपिए

everest kitchen

काठमाडौं । मंगलबार थपिएका कोरोना संक्रमितमध्ये ६० प्रतिशत बढी काठमाडौं उपत्यकाका छन् । मंगलबार १५१३ जना कोरोना संक्रमित थपिएका छन्। त्यसमध्ये काठमाडौं उपत्यकाका ९३४ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

काठमाडौंमा ७४७, भक्तपुरमा ७३ र ललितपुरमा ११४ गरी ९३४ जना संक्रमित छन् । त्यस्तै देशभर गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार ५१३ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप १ हजार ५१३ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या ७६ हजार २ सय ५८ पुगेको छ । यो सङ्ख्या एक हजारको हाराहारीमा केहि दिनदेखि निरन्तर रहेको छ ।

यस्तै नेपालमा गएको २४ घण्टमा ७३१ जना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या ५५ हजार ३७१ जना पुगेका छन । हालसम्म नेपालमा ४ सय ९१ जनाको कोरोना संक्रमणका कारण निधन भएको छ । आज मात्रै देशभर १० जनाको निधन भएको हो ।