एउटा कथा : कविता केशरी

everest kitchen

.

लघुकथा  : एउटा कथा

कविता केशरी

अाफ्ना घरका तगारामा मुसाको फोटो झुन्ड्याएर!
त्यही फोटो हेरिरहेको युवालाई  बटुवाले सोध्यो, “भाइ, यो फोटो किन राख्नु भयो ?? यसको अर्थ के हो ?´´युवाले भन्यो , “अर्थ  त थाहा भएन तर मेरा साथीले यसै गरे अनि  मैले पनि गरेँ ।´´

बटुवा सबैतिर  घुम्दै गयो।प्राय: सबै युवाका तगारामा मुसाको फोटो झुन्डिएको  देख्यो।  कारण के हो भनेर बटुवा ठूलो चिन्तामा पर्यो । अर्को दिन बटुवा युवाहरूको ठूलो भेलामा पुग्यो ; जहाँ मुसाको फोटो सबैले तगारामा राख्नु पर्ने विषमा प्रचार प्रसार भैरहेको थियो ।

बटुवा भिडबाट छिरेर वक्ताका अगाडि पुग्यो  र भीँडलाई सोध्यो ,  “मुसाको फोटो तगारामा किन झुन्ड्याउनुको कारण के हो ? ´´ वक्ताले जवाफ दियो, “यत्रा दुनियाँ युवाले गरेको काम  हामीले किन नगर्ने ? भनेर गर्यौँ । एक अापसमा उनीहरूबीच खुसुरफुसुर भयो ,  “साँची के कारण हो , कसैलाई  थाहा छ ? सबैले एक स्वरमा भने , “कारण त थाहा भएन ।´´   (बिराटनगर)