नेपालमा पुनः लकडाउनको सम्भावना बढ्यो

everest kitchen
photo file

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) का कारण हाल संक्रमित सङ्ख्या दिनप्रतिदिन बढ्दै गएपछि पुनः लकडाउनको तयारी गरेको छ । स्वास्थ्य मन्त्रालयले २५ हजार सक्रिय संक्रमित पुगे फेरि लकडाउन गर्न सिफारिस गरेको छ ।

मंगलबारसम्म देशभर कोरोनाभाइरसको सक्रिय संक्रमित २० हजार ३९६ जना पुगेको छ । कोरोना संक्रमितको सङ्ख्या योही गतिमा बढ्दै जाने हो भने केही समयमै २५ हजार क्रस हुने संकेत देखिन्छ । स्वास्थ्य मन्त्रालयका सचिव संयोजक रहेको आईसीएसको गत बुधबार बसेको बैठकले २५ हजार सक्रिय संक्रमित पुगे लकडाउन गर्न सिफारिस गर्ने निर्णय गरिसकेको बताएको छ ।

हालसम्म देशभर कोरोना भाइरसबाट बिरामीको सङ्ख्या ७६ हजार २५८ जना पुगेको छ । यस्तै हालसम्म ५५ हजार ३७१ जना कोरोना भाइरसबाट मुक्त भइ घर फर्कि सकेका छन् । हालसम्म नेपालमा ४ सय ९१ जनाको कोरोना संक्रमणका कारण निधन भएको छ । जसमध्ये गएको २४ घण्टामा देशभरका विभिन्न स्थानमा गरि थप जम्मा १० जनाकाे मृत्यु पुष्टि भएको छ ।