“साथ तिम्रो साथ” को भिडियो सार्वजनिक (भिडियो )

everest kitchen

काठमाडौं । गायक सानाहाङ लिबाङ लिम्बुको  “साथ तिम्रो साथ” गीतको भिडियो सार्वजनिक भएको छ । गायक लिम्बुको स्वरमा सजिएको उक्त गीत एआर टाईम्स युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ । उक्त गीत एआर टाईम्सको प्रस्तुति हो ।

आशिष लिम्बूको शब्द रहेको उक्त गीतमा चेतन लिम्बुले संगीत गरेका छन् भने गीतलाई जोनि तामाङले संगीत संयोजन गरेका हुन । साथै गीतलाई शनलाईट रेकर्डिङ स्टुडियोमा जोनि तामाङलेनै रेकर्डिङ, मिक्सिङ अनि मास्टरिङ गरेका हुन् । जोनिका अनुसार गीतलाई निकै मेहनत गरेको बताएका छन् ।

यस्तै उक्त गीतको भिडियोमा राजेश लिबाङ र शोभा लिम्बुले अभिनय गरेका छन् भने अरुण लिबाङले निर्देशन गरेका छन्  । त्यस्तै भिडियोलाई रबिन बस्नेतले छायांकन गरेका हुन् भने जि सुर्य भिडियो प्रडक्शन हाउसले भिडियो सम्पादन गरेको हो ।