आधुनिक नेपाली लघुकथाको वार्षिकोत्सवमा जुम गोष्ठी

everest kitchen

काठमाडौं । आधुनिक नेपाली लघुकथा फेसबुक पेजको तेस्रो वार्षिकोत्सव यही २०७७ असोज १७ गते अर्थात् ३ अक्टोबर २०१७ का दिन पेजका संस्थापक एडमिन डा. पुष्करराज भट्टको अध्यक्षतामा सम्पन्न भयो । जुम गोष्ठीको सञ्चालन समूहका एडमिन रतन देवकोटाले सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

आधुनिक नेपाली लघुकथा समूहका एडमिन उद्दव प्याकुरेलले स्वागत मन्तव्य, अर्का एडमिन हरिप्रसाद भण्डारीको संस्थाको परिचय एवम् गतिविधिमाथि प्रकाश पारेका थिए । संस्थाका गतिविधिमाथि प्रकाश पार्ने क्रममा भण्डारीले यस समूहले लघुकथा प्रस्तुत गर्ने, लघुकथामाथि आफ्नो विचार प्रस्तुत गर्ने, लघुकथासँग सम्बन्धित रहेर अडियो, भिडियोका साथै अभिनयमा लघुकथा प्रस्तुत गरिने जानकारी दिए । यसबाहेक लघुकथामाथि समीक्षा प्रस्तुत गरिने, लघुकथा स्रष्टाको परिचय र सिर्जना प्रस्तुत गरिने, विदेशी लघुकथाकारका अनुवाद र स्रष्टा परिचय समेत प्रकाशित गरिने र लघुकथासँग सम्बन्धित समाचार प्रस्तुत गरिने बताए ।

यस गोष्ठीमा डा. रामनिवास मानव, त्रिलोचन ढकाल, ध्रुव मधिकर्मी, दिव्य गिरी, गंगा कर्माचार्य पौडेल, नवराज रिजाल, तुलसीहरि कोइराला, कृष्ण बजगाई, सुषमा मानन्धर, राजु क्षेत्री अपुरो, तीर्थराज भट्ट, शेखरकुमार श्रेष्ठ, शेखर अर्याल, गंगा कर्माचार्य, अनु विज्ञाती, हेमलता उप्र्रेती, विष्णु भण्डारी, राजेन्द्र शर्मा, नारायणप्रसाद निरौला, चन्द्रा ढकाल, लक्ष्मीप्रसाद पौडेल, रचना शर्मा एवम् तारा केसीले रचना वाचन गरेका थिए ।

कार्यक्रममा वाचित लघुकथामाथि प्रकाश पार्ने क्रममा यस समूहका एडमिन, समीक्षक प्रा.डा.कपिल लामिछानेले आज वाचित रचनामा समकालीन चेतको प्रयोग भएको बताए । उनले यी लघुकथामा सामाजिक विकृति, विसंगति विरोधी चेतनका कारण रचना विशिष्ट रहेको विचार व्यक्त गरे । उनले नेपाली लघुकथाको तीन पुस्ताको उपस्थिति रहेको यो कार्यक्रम सफल भएको विचार राखे ।

कार्यक्रमका विशिष्ट अतिथि नेपाल सरकारका पूर्व कृषिमन्त्री, लघुकथाकार त्रिलोचन ढकालले आफू लघुकथा लेखनमा भर्खरै लागेको भएपनि साथीहरुको मायाले यस किसिमका कार्यक्रममा सहभागी हुने गरेको बताए । उनले नेपाली लघुकथाको विकासप्रति खुशी समेत व्यक्त गरे । अर्का विशिष्ट अतिथि लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ ले लघुकथा लेखनका पुराना कुरा, लघुकथालाई स्थापित गराउनमा गरिएका संघर्षका बारेमा चर्चा गरे ।

उनले अहिले नेपाली लघुकथामा भएको व्यापक विकासप्रति खुशी व्यक्त गरे । श्रेष्ठले नयाँ लेखकले नेपाली लघुकथाका आधरभूत मान्यतालाई आत्मसात गर्दै अघि बढनुपर्ने बताए । कार्यक्रममा प्रमुख अतिथि डा. रामनिवास मानवले नेपाली लघुकथाको विकासको प्रशंसाका साथै मनुमुक्त मानव मेमोरियल ट्रष्ट्र (हरियाणा, भारत) का गतिविधिप्रतिको जानकारी दिए । कार्यक्रममा सहभागी सबैलाई एडमिन तारा केसीले मन्तव्य मार्फत धन्यवाद दिइन ।

कार्यत्रमको अन्त्यमा सभाध्यक्ष डा. पुष्करराज भट्टले नेपालमा लघुकथा लेखन अब एक आन्दोलनका रुपमा विकसित भइसकेको चर्चा गरे । नेपाली लघुकथालाई अघि बढाउन यस किसिमका कार्य अझै गरिने समेत बताए ।

त्यस्तै आधुनिक नेपाली लघुकथा फेसबुक समूहको तेस्रो वार्षिकोत्सव पनि सम्पन्न भएको छ

आधुनिक नेपाली लघुकथा समूहले आज आफ्नो वार्षिकोत्सव समारोह ३ अक्टोबर २०२० अर्थात् १७ असोज २०७७ मा विभिन्न कार्यक्रम सहित सम्पन्न भयो । दिनभर नै स्रष्टाहरुले समूहमा आफ्ना सिर्जना प्रस्तुत गर्ने कार्य गरेका थिए ।

आफ्ना लघुकथा पोष्ट गर्ने लघुकथा स्रष्टा र लघुकथामा बालकृष्ण गजुरेलको फेल, लता केसीको लघुकथाको भविष्य, खेमराज पोखरेलको हिसाब किताब, इन्द्रकुमार श्रेष्ठ सरित्को बाँच्नुको अर्थ, रचना शर्माको आहारा, बन्दना घिमिरेको जात्रा, नवराज शर्माको स्खलन, योगप्रसाद उपाध्याय दिङ्गलालीको नमस्ते लेखक, अवतार ढकालको आवश्यकता, लक्ष्मीप्रसाद पौडेलको रहर, राजु क्षेत्री अपुरोको घाटा कि नाफा÷दिमागको बिर्को पोष्ट भएका थिए ।

त्यस्तै प्रा.डा.कपिल लामिछानेको दान, विष्णु भण्डारीको वाहियातनामा, दुर्गा वनवासी शिवाकोटीको बेबी च्यालेन्ज, हरिप्रसाद भण्डारीको चङ्गा, विनोद नेपालको राहत, नारायणप्रसाद निरौलाको वर्गीय मानवता , ऋषि तिवारीको कालजयी, राजेन्द्र शर्माको मात, विश्वनाथ खनालको विरोधी, कुमार काफ्लेको भाषण, शेखरकुमार श्रेष्ठको कोट, शुक्रराज कुँवरको कर्मको फल, प्रेम पुन मगरको शत्रु, बाबुराम न्यौपाने उत्सको रहस्यमय जलन, सीता रेग्मीको सासु आमा, लक्ष्मण अर्यालको जीवनको गणित, गंगा दाहाल न्यौपानेको फरक सोच, टंकध्वज थापाको पागल, टिकाराम उदासीको गन्तव्य रहेका छन् ।

यस्तै ,अनु विज्ञातीको विभेद, विष्णु भण्डारीको वाहियतनामा, सीताराम नेपालको सर्वत्र चिन्ता, राम ओलीको सबुत, देवीप्रसाद थापाको प्रशासन, आचार्य प्रभाको सोचेझैं जिन्दगी रैनछ, विष्णु पौडेल अपरिचितको सन्यास, दिपक लोहनीको दान, राजकुमार श्रेष्ठको बालापन÷खाना पकाउन नजान्ने छोरी, लीलाराज दाहाल एवम् डा.विदुर चालिसे पाख्याचा पुष्पा सायराको आमा, प्रभादेवी पौडेलको जुवा, नारायण पौडेल माझघरको फटाहाको फोन, हेमलता उप्रेतीको प्रतिफल, हेम पोखरेलले नारायण तिवारीको बाको फोटो, पुष्करराज भट्टको पत्रकारको खेती, सुमित्रा न्यौपानको रत्नपार्क, मदन पराजुली पोखरेलीको समाधान, रामकुमार पण्डित क्षेत्रीको आदेशको पालना, विमल अर्यालको हजुरआमाको किरिया, दिपक खनाल अगमको कोभिड १९, उद्दव प्याकुरेलको जमाना, सुरेश गौतमको माया भरिएको हात, रहेका छन् ।

यसैगरी शिव कोइरालाको गुमनाम, जयदेश श्रेष्ठको दाजुभाइको सम्बन्ध, तीर्थराज भट्टको अर्को पाटो, शेखर अर्यालको बिर्खेको आवाज, राजकुमार मुनंकर्मीको घात, चन्द्रा न्यौपानेको प्रशंसा, रमेश भट्टराई पुजारीको छिमेकी, श्रीराम राईको बिल, लीलाराज दाहालको साहित्यको विकास रहेका छन् । कार्यक्रममा लता केसीले लघुकथा पाठशालाको तर्फबाट एवम् बलराम पाण्डेय, तुलसीराम खरेलले व्यक्तिगत रुपमा शुभकामना सन्देश पोष्ट गरेका थिए । यस समूहका एडमिन तारा केसीबाट आफ्नो लघुकथा शिरफूलको अडियो वाचन गरिएको थियो ।

एडमिन रचना शर्माबाट अभिनयमा लघुकथा अन्तर्गत विनय कसजूको दान, डा. रवीन्द्र समीरको कालो पट्टी एवम् श्रीओम श्रेष्ठ रोदनको समर्थन लघुकथा वाचनको भिडियो राखिएको थियो । यस संस्थाका सदस्य दिपक लोहनीबाट तेस्रो वार्षिकोत्सवको सन्दर्भमा रेडियो अन्नपूर्णबाट एडमिन तारा केसी एवम् उद्दव प्याकुरेलको अन्तर्वार्ता प्रस्तुत गरेका थिए । उनले रेडियो अन्नपूर्णका लागि यस समूहका संस्थापक एडमिन डा. पुष्करराज भट्टको अन्तर्वार्ता समेत पोष्ट गरेका थिए ।

साहित्य कोपिलाको तर्फबाट प्रस्तुत अडियो वाचनमा पूर्णप्रसाद ब्राम्हणको लघुकथा पुरानो कथाको वाचन सर्जना कार्कीले, विनय कसजूको लघुकथा बक्सिसको वाचन राजेन्द्र शर्माले, सुमन सौरभको लघुकथा घाटे दलितको वाचन सरुपुजा श्रेष्ठले, डा. रवीन्द्र समीरको लघुकथा धर्मका रङहरूको रिदम थापा मगरले एवम् प्रा.डा. कपिल लामिछानेका लघुकथा उज्यालोको खोजीको वाचन जानुका कोइरालाले प्रस्तुत गरेका थिए । जुममा लघुकथा गोष्ठीको लाइभ भिडियो यस समूहका एडमिन रतन देवकोटाले पोष्ट गरेका थिए ।