डाक्टर केसीसंग तत्काल वार्ता गरि ज्यान बचाउन भट्टराईको सरकारसंग आग्रह

everest kitchen

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले २३ दिनदेखि अनशनरत डा. गोविन्द केसीसँग तत्काल वार्ता गर्न सरकारलाई आग्रह गरेका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमा लेख्दै यस्तो आग्रह गरेका हुन ।

सरकारको यो बेवास्ताप्रति डा. भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘२३ दिनदेखि अनसनरत डा. केसीको स्वास्थ्य जोखिमपूर्ण अवस्थामा पुग्दा पनि लोकतान्त्रिक देशको राज्यले वार्ताको पहलसम्म नगरी बस्न मिल्छ ? यो क्रिमिनल नेग्लिजेन्स हैन ?’ ‘तुरुन्त वार्ता गर, समाधान खोज । डा. केसी बाँच्नुपर्छ ।’ नेपाली उखान ‘मूर्खदेखि दैव डरा’ उल्लेख गर्दै भट्टराईले भनेका छन्, ‘कुर्सीमा बस्ने मूर्ख झन् डरलाग्दो हुन्छ । सबै चेतौं !’

नेता भट्टराईले यसअघि पनि डाक्टर केसीलाई भेटेका थिए । भेटपछि भट्टराईले फेसबुक तथा ट्विटरमा लेख्दै केसीको समर्थनमा सरकारलाई दबाब दिदै आएका छन् । त्यस्तै केसीको समर्थनमा त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरु, नेपाल चिकित्सक संघ लगायत विभिन्न नागरिक अभियान्ताहरुले समर्थन जनाउदै आएका छन् ।

चिकित्सा शिक्षा सुधार अभियन्ता वरिष्ठ चिकित्सक केसीले सत्याग्रह थालेको बिहीबार २३ दिन पुगेको छ । चिकित्सन सुधारका लागि दर्जनौंपटक भन्दा बढी अनशन बसेका केसी को स्वास्थ अवस्था जोखिममा रहेको छ । उपचारमा संलग्न चिकित्सक भन्छन्- डाक्टर गोविन्द केसीको ज्यान जोखिममा छ । उनी राम्रोसँग बोल्न पनि सकेका छैनन् ।