गायिका जानकी तारामीको दशै तिहार विशेष “अभागी छोरी” सार्वजनिक

everest kitchen

काठमाडौं । लोक दोहोरी गायिका जानकी तारामी मगरको दशै तिहार विशेष “अभागी छोरी” बोलको गीत सार्वजनिक भएको छ । गीत तारामीमकै अफिसियल युट्युब च्यानल बाट सार्वजनिक भएको हो ।

माइती र चेलीबीचको सम्बन्ध र मायालाई उजागर गर्ने गरि निर्माण गरिएको उक्त दशै तिहार विशेष गीतमा जानकीकै शब्द, संगीत रहेकोरहेको छ । त्यस्तै गीतमा जानकीकै स्वर रहेको छ भने उनलाई बिक्रम रानाले स्वरमा साथ दिएका छन् । गीतलाई राकेश सोनीले ऐरेन्ज गरेका छन् । गोविन्द पराजुलीको रेकर्डिङ र एचबीएम किस्मतको मास्टरिङ रहेको छ ।

त्यस्तै गीतको भिडियोलाई सिनेमाटोग्राफर करण चैसनले निर्देशन गरेका छन् । मनोज कार्कीले सम्पादन तथा साजसज्जा गरेका छन् । गीतमा गायक गायीकाले स्क्रिनमा देखिएका छन् ।