पीडा : राजेन्द्र शर्मा

राजेन्द्र शर्मा

लघुकथा : पीडा

राजेन्द्र शर्मा

उसलाई बालकदेखि बृद्धसम्म सबैले मन पराउँथे । रुचिका साथ काखी च्याप्थे तर पनि ऊ खिन्न थियो । ऊ एउटा अस्वस्थ प्रतिस्पर्धाको चपेटामा परेको थियो , व्यक्तिपिच्छेको होडबाजीमा ! ऊ आफैलाई एउटै प्रश्न बारम्बार तेर्स्याई रहन्थ्योँ, “ किन यी सबै सङ्कीर्ण भएका ? किन मलाई सबै समक्ष पुग्न रोकेका ?”

उसले आफ्नो वाल्यकालको संघर्ष सम्झियो । मध्यकालको बृद्धिविकास र वर्तमानको सफलताभित्र अस्वस्थ प्रतिस्पर्था ! ऊ निकै नै चिन्तित बन्यो । व्यक्तिपिच्छेका सुँझबुँझ र मपाईत्व अनि संस्थाहरूका अाफ्नै नियम बिनियम ! उफ , नसकिने भइयो । यो पीडाभित्र गुम्सिए पनि ऊ हारेको त थिएन । निकास खोजिरहेथ्यो , लगातार ..!

एउटा युक्ति निकाल्यो । उसले आफन्त सबैलाई बोलायो र वार्ता सुरू गर्यो । दुखेसो राख्दै भन्यो, सबैको अाफ्नो हठ र अडानले मेरो अस्तित्व संकटमा परेको छ , के गरू ? कसरी यी सबैलाई पाठ सिकाऊँ ?

सहभागी भएका अाफन्तहरूमा चुटकिला , गजल , मुक्तक कविता सबैले एक स्वरमा भने , “ हाम्रा प्रिय साथी लघुकथा पीडामा परेको कुरा मनन गर्दा साझा मञ्चको गठन नितान्त जरूरी देखियो । ´वार्ताको अन्तिममा कथाले भने , “ लघुकथाकार बन्न त लघुकथाको अस्तित्व जोगिनु पर्यो नि ! ´´सबैले एकताको नारा लगाए – “ लघुकथाकार र लघुकथा समूह सबै एक बनौँ ´´।

२०७७।०६।१९
टीकापुर, कैलाली।