हरिवंश आचार्य दम्पतिलाई कोरोना संक्रमण पुष्टि

everest kitchen

काठमाडौं . हास्य कलाकार हरिवंश आचार्य दम्पतिलाई कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार समाजिक सञ्जाल फेसबुक पेज मार्फत आचार्यले आफू र आफ्नो श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको जानकारी दिएका छन् ।

“सामान्य लक्षण देखिएकोले हिजो मेरो र मेरो श्रीमती रमिलाको पीसीआर टेष्ट गरेका थियौं । हामी दुवै जनाको कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आज आयो। हाम्रो स्वास्थ्य अवस्था सामान्य छ र हामीसंग सम्पर्कमा रहनुभएका सम्पूर्ण महानुभावहरुले होम आइसोलेसनमा बसेर निर्धारित समयमा परीक्षण गराउनुहोला” आफ्नो फेसबुक पेजमा लेखेका छन् ।

साथै उनले भनेका छन्, “यहाँहरुको माया, आशिर्बाद र शुभेच्छाको कारण हामीले छिट्टै कोरोना संक्रमणलाई जित्ने छौं । कोरोना संक्रमण ब्यापक रुपमा फैलिएको हुँदा यहाँहरु सबैले जनस्वास्थ्यका मापदण्ड अनिबार्य रुपमा अबलम्बन गर्नुहुन अनुरोध गर्दछौं ।”