बागमती प्रदेशको उत्कृष्ट लोगो डिजाइन गर्नेलाई तीस हजार पुरस्कार

everest kitchen

काठमाडौं । बागमती प्रदेशले प्रदेशको लोगो परिवर्तन गर्ने भएको छ ।सरकारले नेपालको नयाँ नक्सा कायम गरेपछि प्रदेशसभाको सचिवालय बैठकले साविकको लोगोमा नेपालको नक्सामा थप गरिएको लिम्पियाधुरासहितको भू-भाग समावेश गर्न लागेको हो ।

अब बनाइने नयाँ लोगोमा नेपालको राष्ट्रिय झण्डा, नेपालको नक्सामा बागमती प्रदेशलाई गाढा बनाई बागमती प्रदेश सभा लेखेको हुनुपर्नेछ। १५ दिनभित्र लोगो डिजाइन गरी प्रदेश सभा सचिवालयको जिन्सी शाखामा बुझाउन सचिवालयले बुधबार सूचना निकालेको हो।

उत्कृष्ट लोगो डिजाइन गर्नेलाई तीस हजार पुरस्कार दिइने सचिवालयले निर्णय समेत गरेको जानकारी दिएको छ । लोगो बारे बुझ्न र थप जानकारी लिन प्रदेश सभा सचिवालयमा सम्पर्क गर्न सुचनामा भनिएको छ । लोगो छनोट सचिवालयले गर्नेछ ।