कक्षा ११ र १२ को परिक्षा दशै तिहार बीचमा हुन सक्ने

everest kitchen

काठमाडौं । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार कारोना भाईरसका कारण रोकिएको कक्षा १२ को परीक्षा दसैंलगत्तै गर्ने गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा छलफल भएको तर निर्णय हुन भने बाकी रहेको छ ।

‘विद्यार्थी डेरा खोजेर परीक्षा केन्द्रसम्म पुगेर परीक्षा दिने अवस्था छैन। जहाँ पढेको हो त्यही स्कुलबाट परीक्षा दिने व्यवस्थापन गर्न लागिएको हो,’ र , ‘आफू पढेको विद्यालयबाट परीक्षा दिन सक्ने अवस्था कुनै विद्यार्थीको भएन भने जहाँ छ त्यहाँको नजिकको विद्यालयबाट परीक्षा दिने व्यवस्था गर्न लागिएको छ।’ नेविसंघले बुधबार गरेको भर्चुअल संवादमा प्रवक्ता शर्माले जानकारी दिए ।

प्रवक्ता शर्माका अनुसार स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र सामाजिक दूरी कायम गरेर विद्यार्थीले पढेकै विद्यालयबाट परीक्षा दिन सक्ने गरी व्यवस्था मिलाउने तयारी गरिरहेको जानकारी समेत दिनुभयो ।