उपहार : देवराज पाैडेल

लघुकथा: उपहार

देवराज पाैडेल

काेराेना भाईरसकाे संक्रमण बढन थालेपछि सरकारले बन्दाबन्दीकाे धाेषणा गर्याे। सपरिवार घरमै बस्यौँ। खायो , सुत्यो , काम थिएन । छोराछोरी र मलाई समय कटाउन गाह्रो भयो तर घरबुढीले दिन कटाउन गाह्राे भयाे भनेकाे कैले सुनिएन।

चैत्र २३ गते बिहानै श्रीमतीले साेधिन् -” अाज कुन दिन हाे, हजुरलाई थाहा छ?” खै?”- मैले भनेँ । “हजुरलाई त काेराेनाले कुन देशमा कति मरे ? देशमा के भयो ? भन्ने मात्र थाहा हुन्छ। हाम्राे खबरकाे के वास्ता ? ´´ उनले ब्यङ्ग्य गरिन् ।

त्यतिकैमा बिबाहित जेठी छाेरीले घरबाटै उस्की अामालाई फाेन गरी, “जन्मदिनकाे शुभकामना अामा” !
थाहा पाएपछि मैले पनि अौपचारिकता निभाएँ , “ तिमीलाई जन्मदिनकाे शुभकामना श्रीमतीजी” ! माया दर्शाउदै फेरि भनेँ , “बन्दाबन्दीले बजार खुलेकाे छैन। के उपहार दिऊँ त तिमीलाई ? ´´

“लकडाउनले हजुरलाई दिन कटाउन मुस्किल भएकाे छ। अाज एकदिनकाे मेराे काम हजुरले गरिदिनुस्। त्यही हुन्छ, मलाई जन्म दिनकाे उपहार ! ´´ श्रीमतीको प्रस्ताव मैले केही नसाेची स्वीकृति जनाएँ। म बाचामा बाँधिएकाले घरधन्दामा लागेँ।

घर बडारें, नुहाएँ, फूल टिपें र पूजा गरें ।पानी ल्याएर चिया पकाई सबैलाई दिएँ। घाँस,कुँडाे गरी गाई दाेएँ ।तरकारी केलाएर दाल ,भात, तरकारी पकाएँ । गाेलभेडाकाे अचार बनाएँ। भान्सा व्यबस्थापनकाे लागि सामान जाेरजाम गर्न भण्डार छिरेँ , चाेटा चडें, करेसावारीमा पुगें। यसरी बिहानकाे खाना बनाएर खुवाएँ। विस्कुन पनि सुकाएँ ।
दिउँसाे,अालु भुटें र अालु चिउरा खाजा दिएँ। साँझकाे लागि सब्जी केलाएँ।गाईलाई पराल,पानी दिएँ। साँझ बत्ती बालेर अारती गरेँ । खाना बनाई खुवाएँ। दूध तताएर सबैलाई दिएँ।अनि भान्सा पुछेँ।

कामले लखतरान भएकाले चाँडै विस्तारामा पल्टिएँ ।साेचेँ, “अाज दिनभरि एकछिन अाराम गर्न पाइँन। मेरी श्रीमती हरेक दिन खट्दा यसरी नै थाक्दी हुन् ।घर घरमा गृहणीहरु यसरी नै दिनहुँ श्रम गर्छन् तर उनीहरुकाे श्रमकाे मुल्याङ्कन खै ? ´´ श्रीमती उज्यालो र हँसिलो चेहरा लिएर मेरो अगाडि उपस्थित भइन् र भनिन् “ धन्यवाद , जन्मदिनको अविस्मरणीय उपहारको लागि ! ´´