छोरासंगै सकुशल नेपाल फर्किइन् मलेसियाको पार्कमा अलपत्र सविना

everest kitchen

सपना वस्याल

मलेसिया । मलेशियाको सुवाङ्गको, ग्लेनमरी भन्ने ठाउँको सार्वजनिक पार्कमा सात महिना देखि अलपत्र रुपमा रहि आउँनु भएको नेपाली आमा छोरा अक्टोवर ९ तारीखमा हिमालयन एयरलाइन्सबाट नेपाल फर्कन सफल हुँनुभएको छ ।

मलेशियाका स्थानीयहरु, नेपाली समुदाय, ओखलढुङ्गा एकता सेवा समाज र दुतावासको २ महिनाको अथक प्रयास पछि सविना र उहाँको छोराको सकुशल उद्धार कार्य सफल भएको कुरा उद्धारकार्यलाई संयोजकत्व गरीरहनुभएकी शुभद्रा कुमारी लिम्बुले हिमालटाइम्सलाई बताउनु भएको छ ।

ओखलढुंगा निवासी ४० वर्षिय सविना र उहाँको ५ वर्षिय छोराको उद्धार कार्य अति नै चुनौतीपूर्ण रहेको लिम्बुको भनाई छ, उहाँका भन्नुहुँन्छ, सविनाले सहयोगी हात र उद्धार पहलको पटक पटक अस्वीकार गरीरहनुभएको थियो । उहाँलाई फकाई फुल्याई मनाउन मात्र धेरै समय लाग्यो । उहाँको परीचय खुलेपछि कानूनी कागज पत्र जुटाउँनु धेरैले दौड धुप गर्नु पर्यो । अनि सविनाको उपचार र बस्ने प्रवन्ध मिलाउँनु अति नै असहज परिस्थीती थियो ।

तर मनकारी केही मलेशियन नागरीकले सेवा र सहयोगको लागि हात बढाएपछि यो उद्धार सफल हुँन सक्यो । होस्तेमा हैंसे भयो । मलेशियन नागरिकहरुले सविना र उहाँको छोरासंग मित्रता गरी हेरचाह मात्र हैन आर्थिक सहयोग पनि जुटाउनु भएको थियो । सविनालाई माया र प्रेम देखाएर एयरपोर्टसम्म छोड्न जानुभएको थियो ।

शुभद्रा लिम्बुका अनुसार एक महिना अगाडि सविना वसेको छाप्रोबाट दुतावास र मलेशियन नागरीको सहयोगमा निकालेर मलेशियाको क्वालालुम्पुरस्थित हस्पीटल क्वालालुम्पुरमा उपचार गराईएको थियो । उपचार पश्चात सविनालाई वस्ने व्यवस्था मिलाउँन ठुलो संकट भएको थियो । त्यस वखत स्थानीयहरुको पहलमा सेलेडगोर राज्यको क्लाड भन्ने स्थानमा एल्सडाई संस्थाले आफ्नो सेल्टरमा उहाँहरुलाई राखि सहयोग गरेको जानकारी लिम्बुले दिनुभयो ।

नेपाली आमा छोराको अध्यागमन विभागमा लाग्ने खर्च ओखलढुङ्गा एकता सेवा समाजले जुटाएको थियो भने अन्य खर्च स्थानीय मलेशियनहरु र मनकारी नेपालीहरुले दिनुभएको थियो । सविनाको नेपाल फिर्तीमा सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिदै लिम्बु भन्नुहन्छ, वैदेशिक रोजगारीको निम्ति विदेशीएका नेपालीहरु सविनाको जस्तो कठिन परिस्थीती अन्य कोहि नपुगोस् भनी आशा र कामना गर्दछु ।

सविनालाई सकुशल नेपाल फर्काउँने कामको जिम्मा लिए पछि थाहा भयो, यो कार्य अत्यन्तै कठिन र धेरैको सहयोग चाहिने रहेछ एक्लै दुक्लैले गर्न सकिने रहेनछ । उद्धारकार्यमा लाग्ने श्रोत जुटाउनु पनि चुनौनी नै थियो । मन र हृदय खोलेर जो जसले दिनुभयो उहाँहरु प्रति हामी आभारी छौं । यस कार्यलाई सफल बनाउँन सहयोग गर्नुहुँने सम्पुर्णलाई म हृदय देखि मुरी मुरी धन्यवाद दिन चाहन्छु । सविनालाई नेपाली फर्के पछि पनि त्यहाँरहेका अन्य संघसंस्था र सरकारी तहबाट पनि सहयोग पहल हुँनेछ भन्ने आशा गर्दछु “लिम्बूले भनिन्  ।

नेपालमा रहेका आफन्तहरुले सविनाको आमाछोरालाई हेरचारको जिम्मा लिन असमर्थ भएको कारण सविना अहिले नेपाली प्रवासी एकता संजाल नामक, बैदेशिक रोजगारमा जाने, फर्कने र उनीहरुको परीवारहरुको हितमा काम गर्ने संस्थाको ट्रान्जिट होममा सुरक्षित रहनुभएको छ । सविनालाई थप उपचार र पुनस्थापनामा सक्दो सहयोग गर्ने प्रतिवद्धता नेपाली प्रवासी एकता संजालका अध्यक्ष जनक राज शर्माले हिमालटाइम्सलाई दिनुभयो ।