हराएका २६ मोटरसाइकल खोजी गरि सम्बन्धित धनीलाई हस्तान्तरण

everest kitchen
सांकेतिक तस्बिर

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न मितिमा हराएका २६ वटा मोटरसाइकलहरु फेला पारी सम्बन्धित मोटरसाइकल धनीलाई जिम्मा लगाएको छ। कोरोना प्रकोपका बीच पनि गोप्य ढंगबाट खोजतलास गरि फेला पारेका मोटरसाइकलहरु सम्बन्धित व्यक्तिलाई बुझाएको हो ।

महाशाखाको पीडित सहायता इकाईबाट सादा पोसाकमा खटिएका ट्राफिक प्रहरीको टोलीले विभिन्न मितिमा हराएका सवारी साधनहरु गोप्य ढङ्गले खोजतलास गरि फेला परेका उक्त साधनहरु फेला पारि बुझाएको महाशाखाले जनाएको छ । उपत्यकाका नयाँ बसपार्क, ठमेल, लाछिटोल, बोडे, सूर्यविनायक, बसुन्धारा, वनस्थली, नयाँ बानेश्‍वर, सानेपा, गौशाला, नक्साल, ठमेल, शान्तिनगर, सामाखुसी, छाउनी, बालाजु, लैनचौर, नयाँबसपार्क, ज्ञानेश्वर, ईमाडोल, जडिबुटी, बनकाली, जोरपाटी र पुतलिसडकलगायतका विभिन्न स्थानबाट हराएका मोटरसाइकलहरु टोलीले फेला पारि बुझाएको हो ।

त्यस्तै महाशाखाका प्रमुख भिम ढकालका अनुसार एकान्त ठाउँको पार्किङस्थल, घरको गेट बाहिर, अस्पताल लगायतका स्थानमा अतिरिक्त लक प्रयोग नगरेर, जुनसुकै साँचोले खोल्ने अवस्था भएका सवारी मर्मत नगरेर, घरमा पार्किङ गरेको भनी लापरबाही वा असुरक्षित पार्किङ गरेका ती साधनहरु धेरै चोरी भएको बताएका छन् । लकडाउन भरि महाशाखाले ६४ मोटरसाइकल फेला पारेको छ ।