आइसोलेसनमा नबस्नेलाई ६ महिनासम्म कैद सजाय

everest kitchen
.

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइसोलेसनमा नबस्ने कोरोना संक्रमितहरूलाई ६ महिनासम्म कैद गर्ने गरी कारबाही अगाडि बढाएको जनाएको छ। प्रक्रिया अघि बढाउन गृह मन्त्रालय र सबै जिल्ला प्रशासन कार्यालयलाई सूचना गरिएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले केही संक्रमितहरू आइसोलेसनमा नबसेको जानकारी आएको भन्दै त्यस्ता व्यक्तिलाई संक्रामक रोग ऐन अनुसार ६ महिनासम्म कैद हुने व्यवस्था रहेको जानकारी दिए।

देशभर गएको २४ घण्टामा कोरोना संक्रमण २ हजार ५९ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप २ हजार ५९ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या ९८ हजार ६ सय १७ पुगेको छ । यो सङ्ख्या २ हजार बढिको हाराहारीमा केहि दिनदेखि निरन्तर रहेको छ ।

यस्तै नेपालमा हालसम्म सक्रिय संक्रमितको सङ्ख्या २७ हजार ५३ जना रहेका छन । गएको २४ घण्टमा १ हजार ६८० जना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या ७३ हजार २३ जना पुगेका छन भने हालसम्म ६ सय जनाले ज्यान गुमाएका छन् ।