सरकार र डाक्टर केसी बीचको वार्ता असफल 

everest kitchen

काठमाडौं । सरकार र अनसनरत डा. गोविन्द केसी पक्षबीचको सिंहदरवारमा बसेको वार्ता निष्कर्षविहीन भएको छ। डा.गोबिन्द केसीका तर्फका वार्ता टोलीका संयोजक डा.जीवन क्षेत्रीले वार्ता असफल भएको बताएका छन् ।

‘सरकारको नियत डा.गोविन्द केसीको जीवन गए जाओस् भन्ने जस्तो देखियो, अन्तिममा आएर शिक्षामन्त्रीले नै बेवास्ता गरिदिनुभयो ।’डा.गोबिन्द केसीका तर्फका वार्ता टोलीका संयोजक डा.जीवन क्षेत्रीले भने । सरकार डा. केसीको मागप्रति गम्भिर नभएको र उनको स्वास्थ्य स्थिति बारेमा सरकारले बेवास्था गरेकोले वार्ता निष्कर्ष विहिन भएको संयोजक डा. क्षेत्रीले जानकारी दिए ।

दुवै पक्षबीच सहमतिका लागि मस्यौंदा तयार भएकाले शुक्रबार सहमति हुन सक्ने अपेक्षा गरिए पनि वार्ता सफल हुन नसकेको र अनसनरत डा. केसिको स्वास्थ्य दिन प्रतिदिन झनझन बिग्रिदै भएको क्षेत्रीले बताए ।