‘जन उद्धार केन्द्र’को पहलमा मलेसियाको घर फिर्ती केन्द्रमा रहेका सात जनाको उद्धार

everest kitchen

दिनेश खड्का’खप्तडी’ / कृष्ण गुप्ता

मलेसिया । विभिन्न कारणले भिषा अवधि सकिएका (अबैधानिक) रुपमा मलेसियामा बस्दै आएका सात जनालाई जनउद्वार केन्द्र मलेसियाले उद्धार गरि घर पठाएको छ । मलेसिया सरकारले जारी गरेको आवागमन नियन्त्रण आदेश (एमसीओ) उलङ्घनको आरोपमा पक्राउ परेका उनीहरू कस्टकर जेल जीवन समाप्त पछि घरफिर्ती केन्द्रमा रहेका थिए ।

जनउद्धार केन्द्रका उपाध्यक्ष रुप बहादुर टन्डन (भरत) ले उपलब्ध गराएको सहयोग रकम र घुम्टे युवा परिवार जापान साखाले गरेको सहयोग रकम बाट दुइटा टिकट खरिद गरिएको र बाँकी टिकटहरु सम्बन्धित ब्यक्तिहरु कार्यरत कम्पनी संगको सहकार्यमा जनउद्धार केन्द्रको विशेष पहलमा पिडितहरुलाई टिकेट उपलब्ध गराइ घर पठाएको संस्थाले जनाएको छ ।

केन्द्रका अध्यक्ष केसु थापाका अनुसार उनीहरू शुक्रबार स्वदेश फिर्ता भएका हुन । फिर्ता हुनेमा सप्तरीका अनिल कुमार रजक, श्याम सुन्दर सदा , गुल्मिका गंगा बहादुर बस्नेत , बाँकेका गिरिजा प्रसाद महतो, राकेश यादब, राजुनाथ योगी, संखुवासभाका राजेन्द्र बहादुर सिंङ रहेका छन ।