प्रिती आले र पुस्कर सुनुवारको ब्याटल गीत “तोरी फुल्यो पंहेलै” (भिडियो )

everest kitchen

काठमाडौँ । चर्चित गायिका प्रिती आले र गायक पुस्कर सुनुवारको नयाँ गीत सार्वजनिक भएको छ । गायिका प्रिती आले र गायक पुस्कर सुनुवारको सुमधुर स्वरमा “तोरी फुल्यो पंहेलै” बोलको गीत शुक्रबार मेलोडी नेपाल युट्युब च्यानलमा सार्वजनिक भएको हो ।

यस गीतमा मिना तामाङको शब्द पेमा तामाङको संगीत रहेको छ भने पुस्कर सुनुवारले एरेन्ज गरेका हुन् । गीतको भिडियोमा चर्चित गायिका प्रीति आले र पेमा तामाङको अभिनय रहेको छ ।

यस भिडियोलाई ज्ञानेन्द्र शर्माले छायाँकन गरेका हुन् भने शिब बिकले निर्देशन तथा कोरियोग्राफी गरेका हुन् । गीतको भिडियोलाई नबिन सुनुवारले सम्पादन गरेका हुन् ।