नयाँ दशैँ : मंजू अर्याल

मंजू अर्याल

लघुकथा : नयाँ दशैँ

मंजू अर्याल

मोहन काठमाडौँको सरकारी कार्यालयमा खरिदार छन् भने सरिता भक्तपुरको निजिक्षेत्रवाट संचालित विद्यालयमा शिक्षण पेशामा आवद्ध छिन्। दुबैको आम्दानीले उनको परिवार र दुई छोराछोरीलाई पढ्न लेख्न र खानबस्न पुगिरहेकै थियो।

अचानक कोरोनाको महामारीले बिद्यालय, व्यापार व्यवसाय सबै बन्द भयो। सरिताले अध्यापन गराउने बिद्यालय पनि वन्द रहेकोले व्यवस्थापक समितिले तलव दिन नसक्ने जानकारी गरायो । उनीहरुको आम्दानी आधा घट्यो। छोराछोरीको पढाई अनलाईन हुनथाल्यो । सरिताले घरकै करेसाबारीमा तरकारी र फुल रोपेर दिन बिताए पनि सात महिना भैसक्दा देशमा कोरोनाको प्रकोप सामान्य नहुनु र घरको स्थिति झन खस्कदै जानु सरिताको लागि चुनौती बन्न थाल्यो ।

दाल भात तरकारी बाट तरकारी भात र वेलुका कटाक कुटुक मा झर्यो। यतिखेर सम्म त चलेकै थियो । दशैँ शुरु भएको थाहा पाएर सानो आठ बर्षे छोराले ” आमा हामी दशैमा गाउँ जाने हैन? कहिले जाने?” भन्न थाल्यो । “यस्तो बेलामा बसमा यात्रा गर्न सुरक्षित हुदैन बाबु ” भनिन्। गाउँमा सबै जना मिलेर खसीको मासु, चिउरा, दही, सेल आदि खाएको रोटे पिङ्ग खेलेको टिका थापेर पैसा पाएको आदि रमाइलो सम्झदै “ला रवि संग खेल्न नपाउने सम्झदै खिन्नता व्यक्त गर्यो ।

छोराको अनुहार देखेर हामी यहि नयाँ तरिकाले दशैँ मनाउने है ” भनिन। “हजुरआमाले कति धेरै सेलरोटी बनाउनु हुन्छ, हजुर पनि बनाउनु है” सरितालाई सेल वनाउन नआउने भएपनि आउदैन भन्न मन लागेन। सप्तमी पछि सबै घरमा भेला भएर मासु खाने चलन तर यता आर्थिक स्थिति पनि त्यस्तै भएकोले साकाहारी मासु (भटमासको मसौरा ) को छोइला, करी बनाउदा छोराले भन्यो आमा यो मासुमा छाला पनि छैन हड्डी पनि छैन भोलि पनि बनाउनु है” अर्को दिन पिडालु (ओल माछा जस्तो तार्ने र झोल बनाएर तराइमा खान्छन) तरकारी खादाँ छोरीले जिस्काउदै भनि “भाई! आजको माछामा काडा पनि छैन” भन्दै सबै गलल हासें।

भोलि के खाने त ? सेलरोटी !!! एकै स्वरमा आवाज आयो। अरु बर्ष चाडपर्वमा साथीहरुसंग तास खेल्ने मोहन यसपाली श्रीमती र छोराछोरीसंग खेलेर र कुराकानीमा बिताए।