मन्त्रीपरिषद पुनर्गठन र पार्टी पुर्ण एकता छलफलमै सिमित

everest kitchen
photo file

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) को पुर्ण एकता र सरकारको मन्त्रीपरिषद परिवर्तन बारे नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्प कमल दाहाल बीच सहमति हुने सकेको छैन । अध्यक्षद्धय बीच सहमति हुन नसक्दा मन्त्रीपरिषद पुनर्गठन हुन नसकेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डबीच शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको मन्त्रिपरिषद् पुनर्गठन तथा पार्टी एकताको पूर्णतालगायत विषयमा छलफल भएको छलफल निष्कर्षहिन भएको स्रोतले बताएको छ ।

गत असोज ६ गते बसेको पार्टीको सचिवालय बैठकले एकताको बाँकी काम टुंग्याउन प्रस्ताव तयार पार्ने जिम्मा अध्यक्षद्वय र महासचिवलाई दिएको थियो । त्यस्तै भदौ २६ गते सकिएको स्थायी कमिटी बैठकले असोज महिनाभित्र एकतलाई पूर्णता दिने निर्णय गरेको भएता पनि अध्यक्षद्धयमा पटक उटक छलफल तथा भेटवार्ता भएता पनि एकतालाई पूर्णरुपमा दिन भने असफल भईरहेका छन् ।