सफाइ कर्मचारी विकाश नेपालीले जुस खुवाएपछि अनसन तोडे

everest kitchen

काठमाडौं । चिकित्सा क्षेत्रको सुधारको माग लगायत विभिन्न माग राखि अनसरत प्रा.डा.गोविन्द केसीले अनसन तोडेका छन् । शनिबार राति डा.केसी र सरकारपक्षबिच ८ बुँदे सहमति भएपछि डा. केसीले आइतबार विहान अनशन तोडेका हुन्।

अनशन तोड्ने क्रममा डा. केसीलाई त्रिवि शिक्षण अस्पतालका ४६ बर्षका सफाइ कर्मचारी विकाश नेपालीले जुस खुवाएका थिए। त्यस लगत्तै उनलाई त्रिवि शिक्षण अस्पतालकै सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको छ।

डा. केसीले गत भदौ २९ गते जुम्लाबाट ६ बुँदे माग राखेर अनसन सुरु गरेका भएता पनि स्वास्थ्यमा समस्या देखिएको कारणले काठमाडौं ल्याइएको थियो ।