आज मलेसियामा ५ सय ६१ जना नया बिरामि थपिए, १ सय ३३ जना निकाे भए

everest kitchen

 

ऐजेन्सी । मलेसियामा प्रकोपका बिरामी फेरि बढ्न थालेका छन् । आज मलेसियामा काेराेनाकाे कारण २ जनाकाे निधन भएकाे छैन भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ५६१ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका छन् ।

मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १५७ रहेकाे छ भने १५ हजार ६५७ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै गएको २४ घण्टामा १३३ जना डिस्चार्ज भएपछि १० हजार ९१३ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । मलेसियामा हाल ४ हजार ५८७ जनामा सक्रिय संक्रमण रहेको छ ।

केहि समयअघि मलेसियामा लामो समय कोरोना नियन्त्रणको नजिक पुगेको तथ्यांकले देखाएपनि अहिले पछिल्लोपटक कोरोना संक्रमित बढेको पछिल्लो पटकको तथ्यांकले देखाउने गरेको छ । केही दिन देखि मलेसियामा तीन सयमाथिको हाराहारीमा संक्रमण पुष्टि भईरहेको छ भने निको हुनेको सङ्ख्या पनि न्युन रहेको तथ्यांकले देखाउछ ।

केहि समयअघि संक्रिय संक्रमितको सङ्ख्या ५१ जना सम्म झरेकोमा पछिल्लो तथ्यांकअनुसार ४ हजार ५८७ जनामा संक्रमण सक्रिय रहेको छ ।