पोखरामा सडक कुकुरको बन्ध्याकरण

everest kitchen
फोटो फाइल

काठमाडौ । हिमालयन एनिमल रेष्क्यु ट्रस्ट (हार्ट) नेपालले पोखराका सडकका कुकुरको बन्ध्याकरण शुरु गरेको छ । हार्टले यसअघि रेविज खोप लगाउदै गरेकोमा यसपटक सडकमा कुकुरको सङ्ख्या अत्याधिक बढ्न थालेपछि कुुकुरको बन्ध्याकरण थालेको हो ।

कार्यक्रम अन्तर्गत दशैँ अघिसम्म न्युनतम ३५ वटा कुकुरको बन्ध्याकरण गरिने हार्ट नेपालका संयोजक खगेश्वर शर्माले जानकारी दिए । हार्ट नेपालले पोखरामा रहेका सडकका कुकुरलाई हरेक वर्ष रेबिज विरुद्धको खोप लगाउँदै आएकोमा गत वर्ष खोप लगाउने क्रममा कोविड – १९ महामारीको कारण केही वडा छुटेका थिए । छुटेका वडामा गत हप्ता विश्व रेबिज दिवसको उपलक्ष्यमा खोप लगाइएको जानकारी दिदै संयोजक खगेश्वर शर्माले उक्त क्रममा बन्ध्याकरण नभएका कुकुरको सङ्ख्या धेरै देखिएको कारण बन्ध्याकरण पनि गरिएको बताए ।

साथै यसका लागि ल्याइने कुकुरमा मुख्यतः वडा नं १५ र १७ का रहेको जनाइएको छ । संस्थाले एक दशक यता पोखरा, भरतपुर लगायत नेपालका विभिन्न ठाउँमा पुगी २२ हजार भन्दा बढी कुकुरको बन्ध्याकरण गरिसकेको र पैतीस हजार भन्दा धेरै कुकुरलाई रेबिज विरुद्धको खोप लगाइसकेको हार्ट नेपालले जनाएको छ ।