पत्रकार शिव गाउँलेलाई मातृशोक

everest kitchen


काठमाडौ । नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष शिव गाउँलेलाई मातृशोक परेको छ । उहाँका ९३ वर्षीया आमा सोमादेवी कोइरालाको आज निधन भएको हो । बिहान ललितपुरको खुमलटारस्थित निवासमा उहाँको निधन भएको हो ।

उहाँको आजै पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने वरिष्ठ पत्रकार तीर्थ कोइरालाले जानकारी दिए । कोभिड १९ को प्रकोपका बाबजुद सिमित व्यवक्तिहरुको उपस्थितिमा उनको अन्तिम संस्कारको तयारी गरिएको छ ।

त्यस्तै, गाउँलेलाई यसअघि केहिमहिना अघि पितृ शोक परेको थियो । गाउँलेका बुवा देवीप्रसाद कोइरालाको सुमेरु अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।