घोंगी टिप्न गएका चेपाङहरुमाथि कुटपिटको अभियोगमा सैनिक जवान थुनामा

everest kitchen

काठमाडौं । नेपाली सेनाका जवानलाई चेपाङहरुमाथि कुटपिट गरेको अभियोगमा अदालतले पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ । चितवन राष्ट्रिय निकुञ्जभित्र घोंगी टिप्न गएका चेपाङहरुमाथि निर्घात कुटपिट भएको घटनाको छानविन तथा अनुसन्धानको क्रममा सैनिक जवान चिरणकुमार बुढालाई चितवन अदालतमा पुर्पक्षका लागि थुनामा राखिएको हो ।

चेपाङहरुमाथि भएको कुटपिट र मृत्युको विषयमा प्रमाणहरु सबै पुष्टि भई नसकेकोले तत्कालको लागि जवान बुढालाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला न्यायधिस गायत्रीप्रसाद रग्मीको इजलासले आदैश दिएको चितवन जिल्ला अदालतका सूचना अधिकारी शिवप्रसाद अधिकारीले जानकारी दिनु भएको छ ।

गत साउन १ गते चितवन राष्ट्रिय निकुञ्जभित्र घोंगी टिप्न गएका चेपाङहरुमाथि सैनिकहरुले निर्घात कुटपिट गरेका थिए । उक्त कुटपिटबाट राजकुमार चेपाङको मृत्यु भएको थियो भने ४ जना घाईते भएका थिए ।यसै घटनालाई लिएर राजकुमार चेपाङको बुबा विष्नुलाल चेपाङले चितवन प्रहरीमा उजुरी दर्ता गरेका थिए ।