रुकुमका ३३ वर्षीय पुरुषको कोहलपुरमा निधन

everest kitchen

 

काठमाडौं । कोरोना संक्रमणबाट नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत एकजनाको शुक्रबार बिहान मृत्यु भएको छ । चौरजहारी नगरपालिका १४ रुकुमका ३३ बर्षीय पुरुषको शुक्रबार विहान ५ बजे मृत्यु भएको हो ।

मेडिकल कलेजका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि ती युवक असोज २१ गते कोहलपुर शिक्षण अस्पतालमा भर्ना भएका थिए । कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि उनको त्यसैदिन स्वाब संकलन गरिएको थियो ।

त्यसको भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको अस्पतालका उप-निर्देशक डाक्टर दिनेश श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार उनको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा निधन भएको हो ।