भय : विमला निरौला

विमला निरौला

लघुकथा : भय

विमला निरौला

“अचेलका मान्छे , बिना डर नै मन लागी गर्न थाले । जे पायो त्यही खायो । जहाँ मन लाग्यो , उहीँ गयो अनि कोरोनाले किन छोडथ्यो त ? धन्न , आफु त त्यो तल चौबाटोको ठुलीको चिया पसलमा बाहेक कतै गएको छैन।

सुगरले अलिकति पिरोल्यो र मात्र नत्र त यो ७२ वर्षमा नि झिल्के नै छु ´´ भनेर एेना अगाडि हेरेर मख्ख पर्दै थिए , बा ! छोरा कृष्ण अँधेरो मुख पार्दै भित्र पस्यो । श्रीमतीलाई बोलाउँदै दिक्क भएझैं गरेर भन्यो , “ बाको लागि त्यो भण्डार कोठा खाली गरिदियौ त ? झन् अघि नै फोन गरेर भनेको हैन ?

कृष्णको कुरा सुनेर बा अलमल पर्नुभो । सोध्नु भयो , “हैन के भनेको ए कृष्णे तैंले? मैले केही बुझिँन नि ? के अापत्ति भो नि तँलाई , म एक्लै गनगन गरेको ? ´´ “तपाईं राती राती खोकेको देखेर मलाई भित्र डर लागेको त थियो नै ! त्यो ठुलीको चिया पसलमा कस्ता कस्त…

घट्टेकुलो, काठमाडौं