काठमाडौं उपत्यकामा आजमात्रै २ हजार ४ सय २ जना कोभिड बिरामी थपिए

everest kitchen

 

काठमाडौं । काठमाडौं उपत्यकामा थप २ हजार ४ सय २ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । शुक्रबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय २ जनामा कोरोना पुष्टि भएको हो।

त्यसमध्ये काठमाडौंका १ हजार ७ सय ८४ जना, भक्तपुरका २ सय ४४ जना र ललितपुरका ३ सय ७४ जना छन्। स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप ४ हजार ३९२ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या १ लाख २६ हजार १३७ पुगेको छ । यो सङ्ख्या ३ हजार बढिको हाराहारीमा केहि दिनदेखि निरन्तर रहेको छ ।

यस्तै नेपालमा हालसम्म सक्रिय संक्रमितको सङ्ख्या ३७ हजार ३८२ जना रहेका छन । जसमध्ये केही होम आसोलेसन र लक्षण देखिएका तथा होम आईसोलेसनमा बस्न सम्भब नभएका बिरामीहरु भने अस्पताल तथा सरकारले निर्माण गरेको आईसोलेसनमा उपचार गराई रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताएका छन् ।

यस्तै नेपालमा गएको २४ घण्टमा ३ हजार ५२२ जना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या ८८ हजार ४० जना पुगेका छन । नेपालमा हालसम्मकाे तथ्यांकअनुसार पछिल्लो अवस्थामा संक्रमितको सङ्ख्या सङ्ख्या पनि तुलनात्मक रुपमा बढिरहेको छ ।

हालसम्म नेपालमा ७ सय १५ जनाको कोरोना संक्रमणका कारण निधन भएको छ । जसमध्ये गएको २४ घण्टामा देशभरका विभिन्न स्थानमा गरि थप जम्मा २१ जनाकाे मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।