कात्तिक २ गतेदेखि ललितपुरमा अत्यावश्यक बाहेकका सबै सेवा स्थगित

everest kitchen

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले आइतबार देखि अत्यावश्यकबाहेकका अन्य सबै सेवा स्थगित गरेको छ । शुक्रबार साँझ जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै जिल्लाभर कात्तिक २ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।

जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र (डीसीसीएमसी), स्वास्थ्य विज्ञ, सरोकारवाला निकाय, सुरक्षा निकायसँगको छलफल एवं परामर्श परामर्शपछि ललितपुर जिल्ला प्रशासन कार्यालयले यस्तो निर्णय गरेको हो ।

पछिल्लो समय काडमाडौं उपत्यकामा कोभिड–१९ संक्रमणको दर अत्याधिक रुपमा बढिरहेको अवस्थामा सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयहरुमा सेवाग्राहीहरुको भीडभाड अत्यधिक भई संक्रमण सेवाग्राहीहरुमा समेत फैलन सक्ने उच्च जोखिम रहेका कारण अत्यावश्यक बाहेकमा अन्य सेवा स्थगित गरिएको जारी सूचनामा उल्लेख गरिएको छ ।