आज मलेसियामा ८ सय ६९ जना नया बिरामि भेटिए, ३ सय २ जना निकाे भए

everest kitchen

 

ऐजेन्सी । मलेसियामा प्रकोपका बिरामी फेरि बढ्न थालेका छन् । आज मलेसियामा काेराेनाकाे कारण ४ जनाकाे निधन भएकाे छ भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ८६९ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका हुन ।

मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १७६ रहेकाे छ भने १९ हजार ६२७ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै गएको २४ घण्टामा ३०२ जना डिस्चार्ज भएपछि १२ हजार ५६१ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । मलेसियामा हाल ६ हजार ८८६ जनामा सक्रिय संक्रमण रहेको छ ।

केहि समयअघि मलेसियामा लामो समय कोरोना नियन्त्रणको नजिक पुगेको तथ्यांकले देखाएपनि अहिले पछिल्लोपटक कोरोना संक्रमित बढेको पछिल्लो पटकको तथ्यांकले देखाउने गरेको छ । केही दिन देखि मलेसियामा ५ सय माथिको हाराहारीमा संक्रमण पुष्टि भईरहेको छ भने निको हुनेको सङ्ख्या पनि न्युन रहेको तथ्यांकले देखाउछ ।

केहि समयअघि संक्रिय संक्रमितको सङ्ख्या ५१ जना सम्म झरेकोमा पछिल्लो तथ्यांकअनुसार ६ हजार ८८६ जनामा संक्रमण सक्रिय रहेको छ ।