लामो स्टाटस

लघुकथा : लामो स्टाटस

छायादत्त न्यौपाने ‘बगर’

बाउछाेरा फेसबुकमा व्यस्त थिए । चियामा तर लाग्याे,यी बाउछाेरालाई खाने फुर्सद छैन भन्दै भित्र बाहिर गर्दै हुनुहुन्थ्यो , अामा ! छाेराका अाँखा `पुरस्कारले बाेक्याे, च-चहरूकाे झाेला ! ´ शीर्षकको स्टाटसमा परे । उनले नजिकै बस्नुभा बासँग, “पुरस्कार भनेकाे के हाे बाबा ? पुरस्कार कसले कसैलाई दिने हाे ? ´´ जिज्ञासा राखे ।
छाेराकाे जिज्ञासा सुनेर भने, “असल कर्मलाई उत्प्रेरित गर्न पुरस्कारको स्थापना हुन्छ । देश र जनताको हित हुने
राम्रो काम गर्ने मान्छेलाई अझै राम्रो गर भनेर उत्साह थप्न
पुरस्कार दिइन्छ ।´´

बाबाका कुरा ध्यान दिएर सुनेका छोराले “यहाँ त दाताकाे घर धाउने र चयन समितिका सदस्य भेट्ने पात्रले पुरस्कार हत्याए ! भनेर लेखेको छ नि ! ´´छाेराले स्टाटस पढे ।

याे सुनेर अलिकति मुन्टाे घुमाउँदै , “ए ! हाे र, यस्तै बेथिति गर्छन् र त पुरस्कार पाउनेले स्वाभिमानमा शिर उचाल्न सक्तैन , पुरस्कृत गर्नेले के कस्तो विधि-प्रक्रिया र मापदण्ड अपनाएर पुरस्कार दिइएकाे हाे । भनेर सार्वजनिक गर्न सक्तैनन् । ´´

बाले कुरा सकेपछि छाेराले भने , “असल व्यक्तिका नाममा उच्च उद्देश्यले स्थापित पुरस्कार विसङ्गतिलाई निम्तो पत्र बनिदिन्छन् । यति मात्र हाे र यहाँ त अाफैले पुरस्कार स्थापना गर्ने अाफै लिने ! अाफै कार्यसमितिमा बस्ने अाफै लिने , अाफै छनाेट समितिमा बस्ने अाफै लिने लालचीहरूकाे बिगबिगी छ । ´´ उनी राेकिएर सुइय्य गर्दै – कति साराे विकृति हाे जताततै, भनेर खिन्न माने ।

कलिलै उमेरकाे छाेराले खिन्नता प्रकट गरिरहँदा बाउले खै के महसुस गरे कुन्नि ? सोच्न थाले , “ अाजको बालमनाेविज्ञान कसरी विकसित हुँदै छ ? हाम्राे अघिल्लो पुस्ता के दिएर जाँदै छ केटाकेटीलाई ? ´´