मोरङ, पाटीगाउँका अभियानताहरुद्धारा असहाय लालबहादुरको उद्धार

everest kitchen


प्रकाश दिप्साली राई ,नडाहा

मोरङ | मोरङको केराबारी -१, पाटीगाउँका युवा अभियानताहरुले असहाय लालबहादुर राईको परिवारलाई घर निर्माण सहित उद्धार गरेको छ ।

पाटीगाउँ स्थित मनजिते टोलका लालबहादुर राई र आइतमाया राई दुई दम्पती नै अशक्त रहेको अवस्थामा युवा अभियानता राजकुमार लिम्बुको अगुवाइमा सम्पन्न सो घर(आवास) हिजो एक कार्यक्रम बिच सम्बन्धित परिवारलाई हस्तान्तरण गरिएको छ । वडा अध्यक्ष चन्द्रसिङ लिम्बूको हस्त बाहुलीबाट सो घर असहाय परिवारलाई हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रममा लालबहादुर राईका धर्मपत्नी आइतमाया राई, लालबहादुर लिम्बू , डेभिड लिम्बू , विशान मगर लगायतका समाजसेवी एवम भद्र भलाद्मीहरुको उपस्थिति रहेको थियो ।

लालबहादुर राई आवास निर्माण समिति निर्माण गरेर सो अभियान चलाइएको थियो । जसको संयोजक राजकुमार लिम्बू थिए । सो अभियानमा देश तथा विदेशबाट दिलदार मनहरुले गरेको आर्थिक सहयोगमा सो घर निर्माण गरिएको हो । घरसँगै आधारभुत आवश्यक्ताहरु शौचालय, विद्युत , खानेपानीको समेत व्यवस्था गरिएको छ । घर हस्तान्तरण पश्चात वडाअध्यक्ष लिम्बुले वडाको तर्फबाट सम्भव भएसम्मको सहयोग आगामी दिनहरुमा पनि गर्दै जाने बताए ।

“हामी वडाको तर्फबाट कुनै पनि कसुर बाकी राख्दैनौ । र जुन युवा अभियानताहरुले यो मानवीय काम गर्नु भो यसको उच्च मुल्यांकन यो समाज र वडाले गरिरहने छ । सम्पुर्ण सहयोगी, अभियानताहरु ज जसले यो अभियानलाई सफल बनाउनु भो सम्पुर्णलाई वडाको तर्फबाट धन्यवाद सहित अभियान सफल भएकोमा बधाई ज्ञापन गर्दछु ।“ वडाअध्यक्ष लिम्बूले मन्तव्यको क्रममा थप्नुभयो।

आज सो घर हस्तान्तरणसङ्गै हिसबकिताब पनि समितिले सार्वजनिक गरेको छ । जस अन्तरगत जम्मा सहयोग रकम देश बिदेशबाट जम्मा सहयोग ६० हजार ६५५ जुटेको , जनता आवास शिर्षक अन्तर्गत १ नः-वडाले २४ पत्ता जस्ता पाता उपलब्ध गराएको थियो भने २५ हजार वडा कार्यलयले नै घर निर्माणका निम्ति उपलब्ध गराएको थियो । जसमा खर्च ८२ हजारको हारहारिमा भएको र खर्च गरि बचेको रकम ९ हजार ४१४ रुपैयाँ लालबहादुर दम्पतिलाई हस्तान्तरण गरिएको अभियानका अगुवा एवं शिक्षक शुक्र आङ्देम्बेले जानकारी दिए ।

यस्तै समितिका संयोजक राज कुमार लिम्बुले एउटा जिम्मेवारी पूरा गर्न पाएकोमा असाध्यै खुशी रहेको बताए । उनले भने “ अभियानका म संयोजक मात्र हुँ यसमा योगदान हामी सबैको उत्तिकै छ । मानव जीवनको पवित्र काम गरेका छौँ भन्ने लाग्छ । र यो नै सब थोक हैन हामीले अरु प्रशस्त गर्न बाकी नै छ ।

यो कार्यलाई मैले समाजप्रती थप थप उत्तरदायी बन्न प्रेरित गरेको छ ।“ उनले नयाँ अनलाईनसङ्ग बोल्दै सो परिवारलाई थप सहयोग गर्न आव्हान समेत गर्नुभएको छ । नयाँ अनलाइन