दशै भत्ताले भेन्टिलेटर खरिद गरौं : जनार्दन शर्मा

everest kitchen

रुकुम । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य एवं रुकुम पश्चिमबाट विजयी सांसद जनार्दन शर्माले दसैं भत्ताको रकमले भेन्टिलेटर किन्नुपर्ने बताएका छन्। सांसदहरूले संघीय संसदको कानुनविपरीत दसैं भत्ता लिएपछि कोरोना महामारीका बेला सांसदलाई भत्ता दिनुभन्दा भेन्टिलेटर किन्नुपर्ने प्रस्ताव राखेका हुन्।

‘कोरोना महामारी हाम्रो मुख्य समस्या हो। यस्तो बेला दसैं भत्ता सांसदलाई दिनुभन्दा भेन्टिलेटर किनौं,’ शर्माले फेसबुकमा लेखेका छन्, ‘दसैं भत्ता स्वरूप आएको रकम कालिकोटका पूर्वजनमुक्ति सेनाका योद्धा नरेन्द्र बोहरालाई भेन्टिलेटरमा राखी उपचार गर्नु परेकोले उहाँलाई हस्तान्तरण गर्दछु।’

त्यस्तै , सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता भिम रावलले दशैँको भत्ता नलिने घोषणा गर्नुभएको छ । नेता रावलले आफ्नो खातामा भत्ताको रकम आएको तर मेरो खाताबाट रकम कट्टी गर्न मञ्जुरी छ भन्नुहुदै आइतवार एक ट्वीट मार्फत दशैँको भत्ता नलिने घोषणा गरेका छन् ।
यस्तै यसअघिनै नेकपा नेता तथा राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले १ बर्षको तलब भत्ता नलिने घोषणा गरेका थिए ।