सुदूरपश्चिमेली नेपाली समाज मलेसियाद्धारा मृगौला पिडित मनिराज भट्टलाई आर्थिक सहयोग

everest kitchen

समीर मल्ल

मलेसिया । विगत ४ वर्ष देखि त्रि. बि शिक्षण अस्पताल माहाराजगन्ज काठमाडौमा उपचाररत बझाङ्ग जिल्ला केदारस्यु गाउपाली ४ मनिराज भट्ट्लाइ सुदूरपश्चिमेलि नेपाली समाज मलेसियाले आर्थिक सहयोग गरेको छ । समाजले थालनी गरेको मासिक सहयोग योजना अन्तर्गत समाजका संरक्षक समीर मल्लको पहलमा संकलित रकम ३२ हजार ८ सय २४ रुपैया मिर्गौला पिडित भट्ट लाई सहयोग हस्तान्तरण गरिएको हो ।

समाजका महासचिब डम्बर बिस्वकर्माका अनुसार
पीडित भट्टको परिवारको आर्थिक अवस्था नाजुक रहेको र हाल उनलाई साथिभाइ परिवारका दाजुभाइ तथा विभिन्न व्यक्तिहरुको सहयोगमा हप्तामा २ चोटि डायलाईसिस गराइ रहेका छन् । भट्टकी श्रीमती मासिक १० हजार रुपैयाँमा दुध डेरिमा काम गर्छिन् र उनले त्यही रकम बाट कोठा भाडा र छोराछोरीको लालनपालन गरिरहेकी छिन् । उनले भने ।

पीडित भट्ट र उनकी श्रीमतीलाई कोरोना पोजेटिभ पनि देखिएकोले केहि समय ढिलो गरि रकम हस्तान्तरण गरिएको समाजका बरिस्ठ उपाध्यक्ष बिरेन्द्र धानुकले जानकारी दिए ।