लघुकथा : सरप्राइज
पार्थ गुरु
“सानो कामले अाज बजार जानु थियाे । संगै जाम् न है ! ´´ कहिल्यै नबाेल्ने नम्रताले नम्र हुँदै एक्कासी बाेल्दा ऊ झसङ्ग भयाे । कार्यालयमा सरुवा भएर अाएकाे यतिका दिनसम्म पनि केही नबाेल्ने मान्छे अाज अकस्मात् बाेलेकाे देख्दा ऊ अक्क न बक्क भयाे ।
तुरून्तै संभालियो । मनले सोच्यो , “ मौकामा चौका हान् , केटा ´´ जवाफ दियो , “हुन्छ नि किन नहुनु ? वाइकमा जाउँला ।तर कति बजे पाे जाने हाे ?” “हिडिँहालौँ न ! ´´अातुर जवाफ थियो । “पद पनि ठुलै विचार पनि ठुलै , अाफु परियाे सानाे ।´´ नम्रताले मनमा कुरा खेलाउन थाली । “नम्रता त मनकाे कुरा बुझ्ने मान्छे पाे रहिछे , अन्तर्यामी भित्रै राम्री , बाहिरै पनि राम्री ´´ ऊ नम्रतालाई देखेर दंग पर्यो । भावुक भयाे । “रंगीन दुनियाकाे रंगिन तस्विर ´´ नम्रताले सपना देखी ।
काम सकेर उनीहरू एउटा रेस्टुरेन्टमा पसे ।“हिजाे अस्ति किन माैन बसेकी नि ´´उसले नम्रतातिर हेरेर प्रश्न तेर्सायाे । “म हजुरलाई मनमनै गुनिरहेकी थिएँ नि ! अाज गुड फ्राइडे , मम र कफी खाने दिन ´´ ! साहुजी कफी र मम २ ठाउँमा , नम्रताले अर्डर गरी । “जिन्दगी र धन भनेकाे सानाे ठुलाे हाेइन , मन पाे हाे त ´´ उसले कफिकाे चुस्कि लिँदै भन्याे । अाफ्नाे सरप्राइज सफल भएकाेमा नम्रता मक्ख परी ।