ओली र प्रचण्डबिच ४ बुदे सहमति

everest kitchen
File photo

काठमाडौं । सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्षद्धय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबिच कर्णाली प्रदेशको विवाद मिलाउन ४ बुँदे सहमति भएको छ ।

मंगलबार बिहान अध्यक्षद्धयबिच भएको भेटघाट तथा छलफलमा मुख्यमन्त्री शाहीविरुद्ध दर्ता गरिएको अविस्वासको मुद्धा फिर्ता लिने, कर्णाली प्रदेशका संसदिय दलका प्रमुख सचेतक गुलफजंग शाहलाई हटाउने निर्णय बदर गर्ने ,मुख्यमन्त्रीले प्रमुख सचेतकमा नियुक्ती गरेको सिता नेपालीको निर्णयलाई बदर गर्ने साथै अन्य आवश्यक मुद्धाहरुमा सल्लाह र समझदारीमा कार्यहरु सञ्चालन गर्दै जाने सहमतिहर भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनु भएको छ ।

यसअघि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध प्रदेश संसद सचिवालयमा नेकपाका संसदहरुबाटै अविश्वासको मुद्धा दर्ता भएको थियो भने प्रमुख सचेतक गुलफजंग शाहलाई बर्खास्त गरेको थियो ।