त्रिवेणी ६ मा आर्थिक समृद्धि तथा सामाजिक रुपान्तरण अभियान कार्यक्रम सम्पन्न

everest kitchen

रुकुम (पश्चिम ) । नेपाल कम्युनिस्ट पार्टी नेकपा रुकुम (पश्चिम ) को अभियान “आर्थिक समृद्धि तथा सामाजिक रुपान्तरण अभियान” कार्यक्रम त्रिवेणी गाउँपालिका वडा नम्बर ६ मा बुधबार सम्पन्न भएको छ ।

” उत्पादन, रोजगार एवम् आर्थिक विकास साथ समृद्धि तिर अघि बढौँ , सामाजिक साँस्कृतिक रुपान्तरण र विकास गर्दै समाजवादको आधार तयार पारौं ” भन्ने मुल नाराका साथले नेकपा रुकुमले स्थानीय तह स्तरमा अभियान सञ्चालन गरे अनुसार त्रिवेणी ६ मा पनि कार्यक्रम सञ्चालन गरिएको वडाको पार्टी कमिटी अध्यक्ष भद्र बहादुर सिर्पालीले जानकारी दिए । उनका अनुसार सो अवसरमा काङ्ग्रेस सक्रिय सदस्यको रुपमा रहेका विमला परिवार र जीवन परिवारले नेकपा पार्टी प्रवेश गरेका थिए ।

कार्यक्रममा वडा स्थित विभिन्न व्यक्ती र नेकपा कर्णाली प्रदेश सदस्य गणेश केसी “हिमाल ” , जिल्ला कमिटी सल्लाहकार नरसिङ पुन, जिल्ला कमिटी सदस्यहरु : टेक बहादुर ओली, वीरमान ओली, राजेन्द्र पुन (सोही वडाका अध्यक्ष ) उपस्थिति रहेको थियो । साथै कार्यक्रममा वडा सरकार , पालिका सरकारका काम कार्बाहि बारे छलफल गरिएको थियो ।

छलफलका क्रममा स्थानीय युवा लालबहादुर ओलीले पहुच र चिनजानको अाधारमा विकास नदिन आग्रह गरे ।त्यस्तै अन्य उपस्थितिहरुको स्थानीय सरकार सञ्चालन र पार्टी सञ्चालन बारे चासो राखेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा कर्णाली प्रदेश सदस्य गणेश केसी “हिमाल” ले श्रम गर्ने बानिकाे बिकास गर्ने, मोबाइल लगायतका प्रविधि संग झुल्दा अनावश्यक नझुल्न र स्थानीय स्तरमा सहकार्य समुह निर्माण गरि विकासमा सम्मान सहभागीता र आर्थिक उन्नति तिर लाग्न आग्रह गरे । त्यस्तै नेकपा जिल्ला कमिटी सदस्य टेक बहादुर ओलीले स्थानीय सरकार पार्टी विच तालमेल मिलाउने कार्यशैलीमा हामि चुकेकाले यसलाई सुधार्न यो अभियानको मुख्य उद्देश्य रहेकाे बताए । साथै जिल्ला समन्वय समिति सदस्य समेत रहेका उनले रक्सी व्यवस्थापन बारे विभिन्न छलफल भएको र यसलाई चुस्त दुरुस्त पार्ने गरि काम गरिने बताए ।

त्यस्तै कार्यक्रमको अवसरमा जिल्ला कमिटी सदस्य बिरमान ओलीले निमुखा हरुलाई माथि उठाएमात्रै समृद्धि हुन बताए । त्यस्तै जिल्ला कमिटी सल्लाहकार नरिसङ पुनले गडबड माथिबाट अराजक तलबाट हुने हुदा पार्टी सजक रहुनुपर्ने बताए ।

यस्तै उक्त पार्टीको तर्फबाट त्रिवेणी गाउँपालिको उपाध्यक्षमा विजयी गाउँपालिका उपाध्यक्ष तथा नेकपा त्रिवेणी सचिवालय सदस्य निर्मला विष्ट र सोही वडाका नेकपाका तर्फबाट विजयी वडा अध्यक्ष राजेन्द्र पुनले स्थानीय सरकारका काम कारबाही बारे प्रकाश पारेका थिए । साथै उनीहरुले उपयुक्त सल्लाह सुझाव दिन , विकास निर्माणका काम कारबाही बारे चासो राख्न युवाहरु तथा स्थानीयलाई आग्रह गरेका थिए ।