काठमाडौं । गायीका श्रेया राईको “आशा ” बोलको गीतको भिडियो सार्वजनिक भएको छ । श्रेयाकै कम्पोज र स्वरमा रहेको उक्त गीतको भिडियो बिहिवार उनको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।
निकै लामो समयको प्रयास पछि आफैले कम्पोज गर्ने हिम्मत गर्दै, आफैले स्वर भरेको उनले बताईन । उनले भनिन् ” यसअघि जति माया पाएको थिए । त्यती नै माया यो गीतलाई पनि दिनु हुन्छ भन्ने आशा गर्दछु । उनका अनुसार गीत लकडाउन अघिनै तयार भएपनि कोरोना प्रकोपको जोखिम र लामो लकडाउनलाई मध्यनजर गर्दै गीत अहिले सार्वजनिक गरेकी हुन ।
गीतमा धुर्ब केसीले शब्द संयोजन गरेका छन् भने गायक देबेश राईले मिक्सिङ तथा एरेन्ज गरेका छन् । गायिका श्रेया एक रिलियाटी सो कार्यक्रमबाट नेपाली संगीतमा पाइला टेक्दै आफुलाई अब्बल सावित गर्ने क्रममा रहेकी छिन् ।