बारामा एक युवकले गरे देहत्याग

everest kitchen

रामासंकर कुशवाहा

बरियारपुर । बाराको महागढीमाई नगरपालिका वार्ड नं १ (कचहरिया) टोल बस्ने जयचन्द्र राम चमारको छोरा वर्ष १५ का रिसाल राम चमारले कार्तिक ७ गते आज बिहान देहत्याग गरेका छन् ।

शुक्रबार बिहान ६ बजे तिरको समयमा लिचीको बोटमा फासो लगाई झुण्डीई मृत अवस्थामा फेला परेका हुन । घर टोलबाट पूर्व पट्टि २०० मीटर टाढा रहेको लिचीको बोटमा फासो लगाई देहत्याग गरेको स्थानीयले बताएका छन् । के कसरी किन देहत्याग गरे भन्ने बारे खुलेको छैन । यधपी घरायसी बिबादका करण घटना घटेको हुनसक्ने स्थानीयले बताएका छन ।

बिहान खेत बारीमा काम गर्न जाने मानिसहरूले देखेपछि मृतकको घर परिवारलाई जनकारी गराएको थियो । मृतक फासो लगाएको घटनाको खबर प्रहरी चौकी बरियारपुरलाई स्थानिय बासीले फौनबाट जानकारी गराए पछि प्रहरी चौकी बरियारपुरका प्र. ना.नि प्रमोद कुमार साहको तिन जनाको टोली घटनास्थल पुगी थियो । घटना बारे प्रहरीले अनुसन्धान सुरु गरेको बताएको छ ।

मृतक चमारको शव पोस्टमार्टम गर्न जिल्ला अस्पताल बारा कलैया पठाईएको छ भने उनको मृत्यु के-कुन कराणले भएको हो ? सो को बारे बिशेष अनुसन्धान भईरहको प्रहरी चौकी बरियारपुरले जनाएको छ ।