जुम्लाको चन्दननाथमा मेयर रोजगार कार्यक्रमबाट १० युवाले पाए रोजगारी

everest kitchen
photo file

जुम्ला । चन्दननाथ नगरपालिकाभित्रका १० वटै वडाका बेरोजगार युवाहरुले रोजगारीको बाटो रोज्ने प्रतिबद्धता गरेका छन । बेरोजगार भई भौँतारिएका युवहाहरुले मेयर रोजगार कार्यक्रममार्फत जीवनोपयोगी सीप सिकेको भन्दै व्यवसायी भएर क्षमता देखाउने प्रतिबद्धता गरेका हुन ।

नगरपालिकाले पहिलो पटक सञ्चालन गरेको मेयर रोजगार कार्यक्रममार्फत छ महिने मोटरसाइकल मर्मत तालिम सञ्चालन गरेको थियो । नगरपालिकामा रहेका बेरोजगार युवालाई रोजगारी प्रदान गर्ने उद्देश्यसहित कार्यक्रम सञ्चालनमा ल्याइएको हो । आर्थिक २०७७ को नीति तथा कार्यक्रममै बेरोजगार युवालाई रोजगारी प्रदान गर्ने नीति नगरपालिकाले लिएको थियो ।

मेयर रोजगार कार्यक्रममार्फत बेरोजगारलाई जीवनोपयोगी सीप सिकाएर रोजगारी प्रदान गरिने नगपालिकाले जनाएको थियो । उक्त कार्यक्रममार्फत नगरपालिकाका १० वटै वडाका एक÷एक बेरोजगार युवालाई पहिलो चरणमा छ महिने तालिम प्रदान गरिएको नगर प्रमुख कान्तिका सेजुवालले जानकारी दिए ।

तालिम समापन अवसरमा नगर प्रमुख सेजुवालले नगरपालिकामा अब कोही पनि बेरोजगार नबस्ने बताए । उहाँका अनुसार मेयर रोजगार कार्यक्रममार्फत बेरोजगार युवालाई स्वरोजगार बनाउन सीपमुलक तालिम प्रदान गरिएको जानकारी दिए । तालिम अवधिभर सिकेको सीपलाइ व्यवहारमा उर्तान उहाँले आग्रह गरे।

बेरोजगार युवालाई रोजगारी दिने प्रमुख उद्देश्य रहेको भन्दै तालिम लिएका १० युवालाई नगरपालिकाले ग्यारेज स्थापना गर्न आवश्यक उपकरण खरिद गरी उपलब्ध गराएको छ ।