“कठै मेरो देश”

everest kitchen
पार्वती खनाल अर्याल

बिरामी छ धर्ती सुतेको छ देश
रुदैछन् बसेको फिजाएर केश
बिनाकर्म खान्छौ बढाएर भत्ता
टुनाले मुनाले बचाएर सत्ता

यतादेश प्रेमी छ सारा झुकेको
धराजन्म हाम्रो छ नाङ्गो नुँगेको
बने भ्रष्ट नेता लुटे देश सारा
हराए छ विश्वास सद्भाव धारा

बिना देश हाम्रो कुनै लक्ष्य हुन्न
खरायो सरी चालले भाव छुन्न
गरे हुन्छ आँटेर केको अभाव
त्यही रूप बोली बिगार्ने सखाप

छ चिन्ता मलाई हुने केछ भोलि ?
म मागूँ गरि के उचालेर झोली
सधैंको भयो राजसत्ता त खेला
कतै छैन आधारको मान्य बेला

     पार्वती खनाल अर्याल
भरतपुर -९