लघुकथा :- दशैको सपना
उज्जवल ढकाल
बाल्यकाल देखि कै मेरो नराम्रो बानी बेलुकी ढिला सुत्ने र बिहान ८/९ बजेसम्म नउठ्ने , दैनिक बिहान बाबा आमाको किचकिच त मलाई धार्मिक प्रवचन जस्तै भै सकेको थियो ।जती करायो उति नै निन्द्रा लाग्ने ।
सधा झैं आज पनि बाबा आमाको बोली गुन्जिरहेको थियो कानमा मलाई झन् मिठो निन्द्रा लागिरहेको थियो । आमा भन्दै हुनुहुन्थ्यो’ यसले के गरि खाला ?८ बजिसक्यो अरुदिन नउठे पनि आज दशैं को दिन त उठेर यसो सघाए ‘नी हुन्थ्यो नि’ त्यति कै मा बाबा कडक बोलिमा बोल्नु भयो ,” सघाउँछ यस्ले आफुत ननुहाइ टीका लागाउन बस्ला ।”
बाबाले भनेको सुन्ने बित्तिकै मनमनै हिसाब गर्न थालेँ , गङ्गा पुग्न ३० मिनेट , नुहाउन २० मिनेट , घर फर्कन ४० मिनेट डेढ घण्टा लाग्ने रै छ र बाबालाई सोधे , बाबा कति बज्यो, बाबा रिसाउँदै “बल्ल साढे आठ भाको छ सुत एकछिन । ” ओहो टीका लगाउने समय बित्ने रैछ भनी हतारिएर उठ्दा म त साउदी अरबमा जताततै आँखाले भ्याए सम्म बालुवा र त्यो बालुवामा राखिएको कन्टेनर मा पो सुतिरहेको रैछु ।
माछापुच्छ्रे ४, कास्कि