जसपाको “प्रवास विशेष प्रदेश समिति”को कार्यकारिणी समितिमा ११ मुलुकका ११ जना मनोनीत

everest kitchen

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को प्रवास विशेष प्रदेश समितिको कार्यकारिणी समितिको एक बैठकले विभिन्न देशमा रहेका ११ जनालाई प्रदेश समिति सदस्यमा मनोनीत गरेको छ ।

गएको २५ अक्टोबरमा समिति अध्यक्ष धन गुरुङको अध्यक्षतामा बसेको समितिको भर्चुअल बैठकले विभिन्न मुलुकमा रहेका सक्रिय नेपाली समाजले विधि पूर्वक सिफारिस गरेका ११ जनालाई ११ मुलुकको प्रतिनिधित्व हुने गरि मनोनीत गरेको समितिले जनाएको छ ।

मनोनीति हुनेहरुमा धर्मबहादुर तामाङ (युके), सागर अधिकारी (कतार), टिकाराम राई (दक्षिण कोरिया), मुन्ना समुसुल हक (युएई), श्रीमति चन्द्रका राई (हङकङ), श्रीमति सरिता ढकाल (जापान), प्रकाश जगमेर (पोर्चुगल), पासाङ नोर्बु शेर्पा (इजरायल), ईश्वर राई (मलेशिया), प्रदिप मल्ल (ओमान), लोक बहादुर राई (कुवेत) रहेका छन् ।

जनता समाजवादी पार्टी, नेपालको प्रवास अंगको रुपमा नेपाली समाज विभिन्न २० मुलुकमा क्रियाशिल रहेको अध्यक्ष गुरुङले बताए । उनका अनुसार नेपालका सातै प्रदेशमा बनेको प्रदेश समिति सरह मान्यता प्राप्त गरेको “प्रवास विशेष प्रदेश समिति”ले भारत लगायत विभिन्न मुलुकलाई नेतृत्व गर्दै आएको छ । प्रवास विशेष प्रदेश समितिमा १५ जना पदाधिकारी सहित १५० जनाको समिति बन्ने ब्यवस्था रहेको छ।