नेकपाको कार्तिक १५ देखि बस्ने भनिएको केन्द्रीय समिति बैठक एक महिना पछि

everest kitchen

 

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को
पूर्व निर्धारित केन्द्रीय समितिको कात्तिक १५ देखि १७ गतेसम्म बस्ने भनिएको बैठक गृहकार्य नपुगेकाले एक महिना पछि सारिएको छ ।

नेकपा कार्यालय सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले बुधबार जारी गरेको विज्ञप्तिमा कार्तिक १५ देखि १७ गते आयोजना गरिएको केन्द्रीय कमिटीको तेस्रो बैठक कोभिड–१९ महामारीको बढ्दो प्रकोपका कारण हाललाई स्थगित गरिएको बताएको छ । स्थगित बैठक यही २०७७ मङ्सिर १५ देखि १७ गते आयोजना गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

गत भदौ २६ गते सम्पन्न स्थायी समिति बैठकले आगामी चैत २५ बाट सुरु हुने महाधिवेशनको तयारीका लागि कार्तिक १५ मा केन्द्रीय समिति बैठक बस्ने मिति निर्धारण गरेको थियो ।