राप्ती गाउँपालिका ४ दिनका लागि सिल

everest kitchen

दाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानीको केन्द्र तोकिएको दाङको राप्ती गाउँपालिका चार दिन सिल गरिएको छ। गाउँपालिका अन्तर्गत रोजगार सेवा केन्द्रमा कार्यरत एकजना पुरुष कर्मचारीलाई कोरोना संक्रमन पुष्टि भएपछि गाउँपालिका चार दिनका लागि सिल गरिएको हो।

गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीका अनुसार ती संक्रमितको हाल बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ। उनको सम्पर्कमा आएका अन्य कर्मचारीपनि संक्रमित हुन सक्ने र त्यसले अन्य सेवाग्राहीमा समेत संक्रमनको जोखिमलाई मध्यनजर गर्दै चार दिनका लागि गाउँपालिकाको कार्यालय र १ र ३ नम्वर वडा समेत सिल गरिएको अध्यक्ष सुवेदीले बताएका छन्।

सुवेदीले बुधवार एक विज्ञप्ति प्रकासित गर्दे पालिका स्तरिय संकट व्यवस्थापन समितिको निर्णय अनुसार कात्तिक १६ गतेसम्म गाउँपालिकाको कार्यालय, वडा नं. १ र ३ का वडा कार्यालय सिल गरिएको जानकारी दिएका छन्।