आज मलेसियामा नया बिरामी ८ सय १ जना भेटिदा ८ जनाकाे निधन

everest kitchen

 

ऐजेन्सी । मलेसियामा प्रकोपका बिरामी फेरि बढ्न थालेका छन् । आज मलेसियामा काेराेनाकाे कारण ८ जनाकाे निधन भएकाे छ भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ८ सय १ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका हुन ।

मलेसियामा हालसम्म २९ हजार ४४१ जनामा संक्रमण पुष्टि भएको छ भने २ जनाको निधन भएको छ । त्यस्तै गएको २४ घण्टामा ५७३ जना निको हुदा हालसम्म १९ हजार ७२ जनाले स्वास्थ्य लाभ गरेको मलेसियाको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल १० हजार १२३ जनामा सक्रिय संक्रमण रहेको छ ।

केहि समयअघि मलेसियामा लामो समय कोरोना नियन्त्रणको नजिक पुगेको तथ्यांकले देखाएपनि अहिले पछिल्लोपटक कोरोना संक्रमित बढेको पछिल्लो पटकको तथ्यांकले देखाउने गरेको छ । केही दिन देखि मलेसियामा ५ सय माथिको हाराहारीमा संक्रमण पुष्टि भईरहेको छ भने निको हुनेको सङ्ख्या पनि न्युन रहेको तथ्यांकले देखाउछ ।

केहि समयअघि संक्रिय संक्रमितको सङ्ख्या ५१ जना सम्म झरेकोमा पछिल्लो तथ्यांकअनुसार १० हजार १२३ जनामा संक्रमण सक्रिय रहेको छ ।