भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउन खोज्ने वडाध्यक्ष नियन्त्रणमा

everest kitchen

कैलाली । कैलालीमा भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउन खोज्ने वडाध्यक्ष पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर–१२ का वडाध्यक्ष गणेशप्रसाद जोशी भारतीय नागरिकलाई वंशजका आधारमा नेपाली नागरिकता दिलाउन नक्कली बुबा बनाएर सिफारिस गरेको आरोपमा पक्राउ परेका हुन्।

वडाध्यक्ष जोशी २०७५ साल फागुन २० गते वडा नम्बर–१२ कै हिम्मतपुर शिविरका पुनिराम चौधरीलाई नक्कली बुबा बनाएर भारतिय नागरिक अलियास अन्सारीलाई नागरिकता दिलाउन वडा कार्यालयबाट सिफारिस गरेको भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो ।

बुवा बनेर नागरिकता दिलाउन सहयोग गर्ने धनगढी उपमहानगरपालिका वडा नम्वर १२ हिम्मतपुर शिविरका पुनिराम चौधरी भने फरार रहेको विष्टले बताउनुभयो । नयाँ अनलाइन