भारतमा पहिलो समुद्री विमान सेवाको सुरुवात

everest kitchen

ऐजेन्सी । लौह पुरुष सरदार वल्लभभाई पटेलको जयंतीका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार केवडिया-साबरमती रिभरफ्रन्ट समुद्री विमान सेवाको उद्घाटन गरेका छन् ।

यो सेवा अहमदाबाददेखि केवडिया र केवडियादेखि अहमदाबाद बीचका पर्यटकहरूको लागि दैनिक लाभदायी हुने बताएको छ। प्रधानमन्त्री मोदी आफैंले केवडियाबाट समुद्री विमानको माध्यमबाट अहमदाबादको यात्रा गरेका थिए ।

यसभन्दा पहिले प्रधानमन्त्री मोदीले केवडियामा एकता क्रूजको उद्घाटन गरेका थिए । उनले पछि यो क्रूजमा यात्रा गरेका थिए । प्रधानमन्त्रीले यस क्रूजबाट स्ट्याचु अफ युनिटीको यात्रा गरेका छन ।