बलत्कार आरोपमा बनझाँक्री पक्राउ

everest kitchen

उदयपुर जिल्ला त्रियुगा नगरपालिका– १० बोक्से, पानीट्याङकीका एक वनझाँक्रीलाई बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका चूडामणि श्रेष्ठलाई पीडितको उजूरीका आधारमा पक्राउ गरी जबर्जस्ती करणीमा मुद्दा चलाउन लागिएको उदयपुरका प्रहरी प्रमुख भीमप्रसाद दाहालले बताए ।
वनझाँक्रीले माता उतार्ने र झारफुक गर्ने नाममा महिलालाई पटक पटक यौन तथा आर्थिक शोषण गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । ती धामीले आफूलाई गुरुले मानिसलाई कपडा खोल्न लगाएर उपचार गर्न सिकाएकाले त्यसै गर्ने गरेको बयान दिएका छन् । अर्जुनसँग मतियारका रुपमा काम गर्ने ४५ वर्षीय एक महिलालाई पनि अनुसन्धानको दायरामा राखिएको छ ।