डा. केसीलाई बचाऊँ, कुम्भकर्ण निन्द्रामा रहेको सरकारलाई दबाब दिऊँ : डा. बाबुराम भट्टराई

everest kitchen

काठमाडौं । अनशनरत डाक्टर गोविन्द केसीको जीवन रक्षाका माग गर्दै जनता समाजवादिका नेता डाक्टर बाबुराम भट्टराईले सरकारलाई दबाब दिन सबैसँग आग्रह गरेका छन् । नेता भट्टराईले डाक्टर केसीलाई भेटेर स्वास्थ अवस्था बुझेपछि सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो जनाएका हुन ।

नेता भट्टराईले फेसबुकमा लेख्दै भनेका छन्, “जनताको स्वास्थ्यनिम्ति आफ्नो स्वास्थ्य जोखिममा राख्ने डा. गोविन्द के सी लाई बचाऊँ! कुम्भकर्ण निद्रामा रहेको सरकारलाई सबैले दबाब दिऊँ!” उनलेे लेखेका छन् । पछिल्लोपटक सरकारको कटु आलोचना गर्दै आएका भट्टराई सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीको शासन सत्ता सञ्चालन देखि निकै असन्तुष्ट देखिन्छन् ।

चिकित्सा शिक्षा सुधार अभियन्ता वरिष्ठ चिकित्सक केसीले सत्याग्रह थालेको बिहीबार १८ दिन पुगेको छ । चिकित्सन सुधारका लागि दर्जनौंपटक भन्दा बढी अनशन बसेका केसी को स्वास्थ अवस्था जोखिममा रहेको छ । उपचारमा संलग्न चिकित्सक भन्छन्- डाक्टर गोविन्द केसीको ज्यान जोखिममा छ । उनी राम्रोसँग बोल्न पनि सकेका छैनन् ।

उनको समर्थनमा विभिन्न व्यक्ति समुहले सडकमा नाराजुलुस गर्नुका साथ‌ उनलाई भेटेर हौसला दिनेहरु पनि प्रशस्तै रहेका छन् । यधपी उनको माग बारे यति लामो समय हुदा पनि सरकार भने मैन रहेको छ । स्वास्थ्य मन्त्रालय, शिक्षा मनत्रालय र चिकित्सा शिक्ष विभाग लगायत ती तीनै निकायले उनको माग सम्बोधन बारे आफ्नो निकाय संग अधिकार नभएको भन्दै पन्छिदै आएका छन् ।